राष्ट्र बैंकका प्रबक्ता भन्छन् बैंकिङ सिस्टम सुरक्षित छ, थप सुरक्षाका उपायहरु अवलम्बन गरेका छौँ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

राष्ट्र बैंकका प्रबक्ता भन्छन् बैंकिङ सिस्टम सुरक्षित छ, थप सुरक्षाका उपायहरु अवलम्बन गरेका छौँ



काठमाडौं । नेपाल राष्ट्र बैंकसहित नेपालका १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने धम्की सहितको म्यासेज आएको छ । यसले बैंकिङ क्षेत्रमा ब्यापक तहल्का मच्चाएको छ । केन्द्रिय बैंक लगायत अन्य बैंकका अधिकारीहरुलाई पठाएको भनिएको म्यासेजमा विभिन्न बैंकहरुको सिस्टम ह्याक गर्ने भन्दै चेतावनी दिइएको हो ।

पत्रमा नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की दिइएको थियो । ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, सानिमा बैंक, नेपाल एसबीआइ बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालय बैंकको नाम उल्लेख छ ।

यता नेपाल राष्ट्र बैंकका प्रबक्ता देबकुमार ढकालले ह्याक गर्ने भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । अर्थपथसँग ढकालले भने, “त्यसमा कुनै सत्यता छैन्, त्यो फेक हो, हाम्रो सबै सिस्टमहरु सुरक्षित छन्, कोही पनि डराउनुपर्ने छैन्, हामी थप सुरक्षाका उपायहरु अवलम्बन गर्न अगाडी बढिरहेका छौँ, कोही पनि आतंकित हुनुपर्ने छैन् ।”


प्रतिक्रिया दिनुहोस्