२६ श्रावण २०८३, मंगलबार

सामाजिक सुरक्षा कोष विरुद्द परेको रिट फेरि हेर्दा हेर्दैमा, भोलिका लागी पेशी तोकियो



काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्द सर्वोच्च अदालतमा परेको मुद्दा हेदाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतले उक्त मुद्दालाई हेर्दा हेर्दैमा राखेर शुक्रबार (साउन ८ गते) का लागी पेशी तोकेको हो । बिहीबार बहस भएपनि दुवै पक्षका वकिलहरुको बहस नसकिएपछि भोलिका लागी पशेी तोकेको हो ।

सामाजिक सुरक्षा कोष विरुद्द सर्वोच्च अदालतमा दायर भएको मुद्दा आज बहस भएको हो तर दुवै पक्षको बहस नसकिएपछि पेशी तोकेको हो । अन्तरिम आदेश दिने कि नदिने विषयमा दुवै पक्षबीच छलफल चलेको थियो । तर बहस नसकिएपछि मुद्दालाई हेर्दा हेर्दैमा राखिएको हो ।

यसअघि असार ३१ गते मुद्दाको पेशी तोकिएपनि हेर्न नभ्याईने भन्दै स्थगित भएको थियो । कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारी युनियनका अध्यक्षहरु र कर्मचारीहरु समेत गरि ६५ जनाले संयुक्त रुपमा रिट दायर गरेका हुन् ।