लामो समयपछि प्रचण्ड, नेपाल, वैद्य, केसी, जोशी र विप्लवले एउटै मञ्चबाट भाषण गर्ने
काठमाडौं । लामो समयपछि दाहाल, नेपाल, वैद्य र चन्दले एउटै मञ्चबाट भाषण गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य (किरण), राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव), नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशी र नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भोलि एउटै मञ्चबाट भाषण गर्ने भएका हुन् ।
पुष्पलाल मित्रता केन्द्रको आयोजनामा हुने कार्यक्रममा उनीहरू एउटै मन्चमा देखिने भएका हुन् । ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचनसहित श्रद्धान्जली कार्यक्रम हुने भएकाले यी लगायताका नेताहरु लामो समयपछि एउटै मञ्चमा देखिने भएका हुन् ।
तर यस कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने बोलाईएको छैन् । भोलि तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यलयमा हुने कार्यक्रम साढे १२ बजेदेखि शुरु हुने छ ।














