२ कार्तिक २०८३, सोमबार

कोरोनाको तेस्रो लहर असोज १५ देखि आउन सक्ने !



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज १५ गतेदेखि कोरोना महामारीको तेस्रो लहर आउनसक्ने बताएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका उपायहरुको विवरण प्रस्तुत गर्दै यस्तो बताएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण दर बढीरहेकाले तेस्रो लहर पनि छिट्टै आउनसक्ने प्रक्षेपण गरेको हो ।

कोरोना संक्रमण दर बढ्न सक्नेछ तर भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालना गनृे हो भने अगाडि वा पछाडि धकेल्न सक्ने मन्त्रालयका सहसचिव गंगा लोहनीले जानकारी दिए ।