२ कार्तिक २०८३, सोमबार

निर्वाचन आयोगले दियो उपेन्द्र यादवलाई जसपाको आधिकारिकता



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षमा १६ र रेशम चौधरी भने तटस्थ बसेका छन् ।

यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले यादवलाई आधिकारिकता दिएको जनाएको छ । जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।