२४ भदौ २०८३, बुधबार

नेपाली कांग्रेसमा साढे ४ लाख नयाँ क्रियाशील सदस्य थपिए, जम्मा साढे ८ लाख पुग्यो



काठमाडौं । नेपाली कांग्रेसमा ४ लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । क्रियाशील सदस्यता छानविन समितिले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा ४ लाख ४३ हजार ६७८ जनाले नवीकरण गरेका हुन् ।

१४ औं महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा ४ लाख ९ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थपिएका हुन् । १३ औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य थिए ।

छानविन समितिले १४ औं महाधिवेशनको प्रयोजनका लागि कुल ८ लाख ५२ हजार ७११ सदस्यहरूलाई क्रियाशील सदस्यता प्रदान गरेको हो । विवरण अनुसार ४ लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिएका छन् भने ४ लाख ९ हजारको नवीकरण भएका हुन् ।