गुल्मीमा जीप दुर्घटना तीन जनाको मृत्यु, सात घाइते
काठमाडौं । गुल्मीको शान्तिपुरबाट तम्घासतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
आज मध्याह्न मुसीकोट नगरपालिका–४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५६५ नम्बरको यात्रुबाहक जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाल चन्द भट्टराईले बताएका छन ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको भट्टराईले बताएका छन । ज्यान गुमाउनेको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।















