१८ कार्तिक २०८३, बुधबार

नेप्सेकाे सिईओमा प्रताप सुवेदी नियुक्त



काठमाडाैँ । सरकारले नेपाल स्टक एक्चेन्ज लि. (नेप्से) काे प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरकाे छ ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त
सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।

आज अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सुवेदीलाई नियुक्ति पत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिए ।

सुवेदी कृषि विकास बैंकका महाप्रवन्धक रहेका छन् । उनलाई सरकारले ४ वर्षकाे लागि सिईओ नियुक्त गरेकाे हाे ।