रिलायन्स लाइफ द्वारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी
रिलायन्स लाइफ इन्स्योरेन्स लि। ले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका सर्जन बिकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका मल्ललाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निदेर्शक एंव प्रवक्ता राजु रमण पौडेल, कम्पनी सञ्चालक समितिका अध्यक्ष तारानाथ केडी, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली लगाएतको उपस्थिति रहेको थियो ।













