आजदेखि मैलुङ खोला जलविद्युतको आईपीओ बिक्री खुला, कसरी दिने आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आजदेखि मैलुङ खोला जलविद्युतको आईपीओ बिक्री खुला, कसरी दिने आवेदन ?



काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज (साउन १४ गते, बिहीबार) देखि निष्कासन तथा बिक्री खुला गरिएको छ । कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) आजदेखि बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ । जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ, भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणका लागी छुट्याइएको छ ।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० र अधिकतममा १ लाख कित्तासम्मका आवेदन दिनसक्नेछन् । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

कम्पनीको आईपीओ छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बन्द गरिनेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डले कम्पनीलाई गत असार २३ गते आईपीओ निष्कासन गर्न अनुमपति दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्