सामाजिक सुरक्षा कोष विरुद्द परेको रिटको पूर्ण इजलाश गठन, आज सुनावाई हुँदै
काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध परेको रिटमा पूर्ण इजलाश गठन गरिएको छ । न्यायधीशहरु अनिल कुमार सिन्हा, डा. अनिल चुडाल र नहकुल सुवेदीको पूर्ण इजलाश गठन गरेको हो ।
सामाजिक सुरक्षा कोष विरुद्द सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज पूर्ण इजलाशमा सुनुवाई हुनेछ । यस अघि संयुक्त इजलाशमा सुनुवाई भएकोमा २ न्यायधीशको राय बाझिएपछि मुद्धालाई संयुक्त इजलाशमा पठाएको थियो ।
अब न्यायधीशहरु अनिल कुमार सिन्हा, डा. कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलाशले मुद्धाको फैसला गर्नेछ । पूर्ण इजलाशमा पनि न्यायधीशहरुको राय बाझिए बहुमत न्यायधीशको आदेश सदर हुनेछ ।
यसअघि निवेदकको माग बमोजिमको आदेश दिने कि नदिने भन्ने विषयमा न्यायधीश तेज बहादुर केसी र बम कुमार श्रेष्ठको संयुक्त इजलाशमा राय बाझिएको थियो ।
न्यायधीश तेज बहादुर केसीले अन्तरिम आदेश दिने र न्यायधीश बम कुमार श्रेष्ठले भने केसीको आदेशमा सहमत हुन सकेका थिएनन् । कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका ६५ जना कर्मचारीहरुले सर्वोच्चमा रिट दायर गरेका हुन् ।












