२ कार्तिक २०८३, सोमबार

सत्तारुढ गठबन्धनले मन्त्रीहरुको भागभण्डा टुंग्यायो, कुन पार्टीलले कति मन्त्रालय पाउने ?



काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रीहरुको भागभण्डा टुंग्याएको छ । सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालबीना नै मन्त्रीपरिषद् विस्तार गर्ने भएको हो । बिहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुले नेता नेपाल बीना नै मन्त्रीपरिषद्लाई पूर्णता दिने सहमति गरेको हो । तर माधव नेपाललाई राजनीतिक नियुक्तिहरुमा स्थान दिइने भएको छ ।

बिहीबारको बसेको शीर्ष नेताहरुको बैठकले काँग्रेस प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्र ७ र जसपा ७ मन्त्रालय पाउने प्रारम्भिक सहमित भएको स्रोतले बताएको छ । स्रोतका अनुसार नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा स्थान दिईने र काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीका नेताहरुलाई मन्त्रालयको जिम्मेवारी दिनेगरि सहमति भएको हो ।

तर कुन मन्त्रालय कसलाई दिने भने खुलाईएको छैन् । बाँकी ३ राज्यमन्त्रीको भने कसलाई कति भन्ने टुंगो लागेको छैन् । यसअघि प्रधानमन्त्री शेर बहादुर देउवासहित ४ मन्त्रीले सपथ लिइसकेका छन् । माओवादी पार्टी २ मन्त्रालय पाएको छ । कांग्रेसले प्रधानमन्त्री सहित २ मन्त्रालय पाएको छ ।