२ कार्तिक २०८३, सोमबार

देउवा नेतृत्वको सरकारमा जसपाबाट को–को बन्दैछन् मन्त्री ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनता समाज पार्टी (जसपा) का मन्त्री बन्ने भएका छन् । जसपाले ७ मन्त्रालय पाउने भएपछि कसलाई मन्त्री बनाउने भनेर आन्तरिक छलफलमा जुटेको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) मा देउवा सरकारमा सहभागी गराउन माग गर्दै शक्ति केन्द्र धाइरहेका छन् । अहिले जसपाका नेताहरु पार्टी कार्यालयदेखि नेताको निवाससम्म धाइरहेका छन् ।

देउवा नेतृत्वको सरकारमा उपेन्द्र यादव, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रदीप यादव, इस्तियाक राई, रानी मण्डल, प्रमोद साह, अमृत अग्रहरीमध्येबाट मन्त्री बन्ने चर्चा भएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईको छलफलले केन्द्रिय कार्यकारिणी समितिमा पठाईएको छ ।