नेप्सेलाई ३ दिनभित्र स्पष्टिकरण पठाउन अर्थ मन्त्रालयको निर्देशन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण सोधेको छ । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्जसँग सम्वन्धित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
अर्थ मन्त्रालयका अनुसार सत्तचार माध्यममा आएका विषयवस्तुको सम्वन्धमा सत्यतथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण ३ दिन भित्र पेश गर्न निर्देशन गरेको छ ।
नेप्सेका सीईओ चन्द्र सिंह साउदे कानुन विपरित सर्वोत्तम सिमेन्टको सेयर किनेको प्रमाणदेखिएपछि अर्थ मन्त्रालयले स्पष्टिकरण साधेको हो ।
अर्थ मन्त्रलायका शाखा अधिकृत श्याम प्रसाद आचार्यद्वारा हस्ताक्षरित स्पष्टिकरण पत्रमा सञ्चार माध्यममा आएका विषयवस्तुहरु सत्य तथ्य के हो, सोको स्पष्ट तथ्यपरक विवरण ३ दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिएको हो ।












