३ कार्तिक २०८३, मंगलबार

चौथो त्रैमासमा समिट लघुवित्तको वित्तीय सूचकमा सुधार, ब्याज आम्दानी ७२.७० प्रतिशत बढेर २९ करोड



काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २०१.६३ प्रतिशतले बढेर ११ करोड ९८ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले खुद नाफा ३ करोड ९७ लाख १९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत असार बसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ७२.७० प्रतिशत बढेर २९ करोड ४० लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी १७ करोड २ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २०४.४५ प्रतिशतले बढेर १९ करोड १ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ । अन्य सञ्चालन नाफा भने १७ करोड २४ लाख १४ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी ५५.०५ प्रतिशत बढेर ३९ करोड ४३ लाख रुपैयाँ, जगेडा कोष १२५.९३ प्रतिशत बढेर २१ करोड ७८ लाख ६४ हजार रुपैयाँ, लघुवित्तको सापटी ३१७.०७ प्रतिशत बढेर २ अर्ब ८० करोड ४६ लाख २४ हजार रुपैयाँ, निक्षेप २७.७६ प्रतिशत बढेर १ अर्ब ५ करोड ६ लाख ४ हजार रुपैयाँ र कर्जा १४७.२८ प्रतिशत बढेर ४ अर्ब २८ करोड २० लाख ९६ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस १४ रुपैयाँ ७६ पैसा बढेर ३० रुपैयाँ ३८ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ५५.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २५ पैसा रहेको छ ।