सुनचाँदी ब्यवसायीले गृहमन्त्री खाँडलाई भने दिनदाहाडै ब्यवसायीको हत्या, चोरी र लुटपाटका घट्ना बढ्दै गए - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सुनचाँदी ब्यवसायीले गृहमन्त्री खाँडलाई भने दिनदाहाडै ब्यवसायीको हत्या, चोरी र लुटपाटका घट्ना बढ्दै गए



काठमाडौं । गृहमन्त्री वालकृष्ण खाँडले सुनचाँदी ब्यवसाय सञ्चालनमा क्रममा देखापर्ने समस्याहरुलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । नेपाल सनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग आज भएको भेटकाक्रममा मन्त्री खाँडले ब्यवसाय सञ्चालनकाक्रममा देखिने जुनसुकै समस्या समाधानकालागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

मुलुकको कानूनले तोकेको सिमाभित्र रही कुनै पनि पेशा ब्यवसाय निर्वाधरुपमा सञ्चालनगर्न पाउनु सवैको अधिकार हो, मन्त्री खाँडले भन्नुभयो ‘यसरी ब्यवसाय सञ्चालन गर्दा कहीँ कतै वाट समस्याहरु आइपर्छन् भने त्यसालई हटाउन हामी तयार छौं ।’ सुनको खरिद विक्री, ओसार पसार, गरगहनाको निर्यात जस्ता कार्यहरु गर्दा कँही कतैवाट अप्ठ्यारो पर्न नहुने भन्दै उहाँले ब्यवसाय सञ्चालनका दौरानमा अनावश्यक झन्झट र समस्या आएमा त्यसको निराकरणकालागि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो ।

गृहमन्त्री खाँडसँगको भेटका क्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी ब्यवसाय सञ्चालनका क्रममा ब्यवसायीले भोग्नु परेका विभिन्न किसिमका समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो । ब्यवसायीले तोकिएको प्रकृया पुरा गरेर खरिद गरेको सुन ओसार पसार गर्दा पनि अनावश्यक रुपमा झमेला ब्यहोर्नु पर्ने, सुन खरिद विक्रिका क्रममा अनावश्यक झन्झटहरु आइपर्ने, अनाहकमा ब्यवसायीलाई दुःख दिइने र झुट्टा मुद्धाहरु लगाइने जस्ता समस्याहरुको बारेमा मन्त्री खाँडलाई जानकारी गराउनु भएको थियो । यस्तै दिनदाहाडै ब्यवसायीको हत्यागर्ने, चोरी र लुटपाट गर्ने जस्ता घट्नाहरु बढ्दै गएकोमा पनि उहाँले गृहमन्त्री खाँडको ध्यानाकर्षण गराउँदै ब्यवसायीलाई महशुस हुनेगरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गर्नुभएको थियो ।

मन्त्री खाँडसँगको भेटका क्रममा महासंघको तर्फवाट अध्यक्ष शाक्य सहित महासचिव धर्म शुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरण भाई बज्राचार्य लगायको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्