नेरुडे लघुवित्त सबै सूचकमा चम्कियो, नाफा १५७ प्रतिशतले बढाउँदै निक्षेप २.६१ अर्ब संकलन गर्यो
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १५७.३२ प्रतिशतले बढेर १८ करोड २३ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद नाफा ७ करोड ८ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४७.७८ प्रतिशत बढेर ५६ करोड ७२ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ३८ करोड ३८ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको अन्य सञ्चालन आम्दानी ७३.७३ प्रतिशत बढेर ३१ करोड १६ लाख ३६ हजार रुपैयाँ र सञ्चालन मुनाफा १५७.३२ प्रतिशत बढेर २८ करोड ९४ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८ प्रतिशत बढेर ४९ करोड ३८ लाख ७७ हजार रुपैयाँ, जगेडा कोष ४१.०१ प्रतिशत बढेर ६३ करोड ५२ लाख ९५ हजार रुपैयाँ, सापटी ६४.८० प्रतिशत बढेर ३ अर्ब ९० करोड ६० लाख ४६ हजार रुपैयाँ, निक्षेप २०.०४ प्रतिशत बढेर २ अर्ब ६१ करोड ८७ लाख ८४ हजार रुपैयाँ र कर्जा लगानी ४४.०७ प्रतिशत बढेर ७ अर्ब ९० करोड ८६ लाख २५ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४३ पैसा बढेर ३६ रुपैयाँ ९२ पैसा छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २२८ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.३३ गुणा रहेको छ ।












