२६ श्रावण २०८३, मंगलबार

यी ५ लघुवित्तको खुद नाफा ५० करोडभन्दा बढी, निर्धन उत्थानको झण्डै १ अर्ब नजिक



काठमाडौं । विभिन्न ५ लघुवित्त कम्पनीले ५० करोड रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेका छन् । गत आर्थिक बर्ष २०७७–७८ को वित्तीय विवरण सार्वजनिक गरेका विभिन्न लघुवित्त संस्थाहरुमध्ये ५ वटा संस्थाले ५० करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरेका हुन् ।

गत आवको असार मसान्तसम्म निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, जीवन विकास लघुवित्त, स्वाबलम्बन लघुवित्त र फरवार्ड लघुवित्त वित्तीय संस्थाले आधा अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरेका हुन् ।

समिक्षा अवधिसम्म निर्धन उत्थान लघुवित्तले ९१ करोड ९१ लाख ७३ हजार रुपैयाँ, डिप्रोक्स लघुवित्तले ७१ करोड ३७ लाख २९ हजार रुपैयाँ, जीवन विकास लघुवित्तले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ, स्वाबलम्बन लघुवित्तले ६१ करोड ९४ लाख रुपैयाँ, फरवार्ड लघुवित्तले ५७ करोड ४६ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । जसमध्ये निर्धन उत्थान लघुवित्तले झण्डै १ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

यता छिमेक लघुवित्तको भने १ अर्ब भन्दा धेरै नाफा आर्जन गरेको छ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ८७.२४ प्रतिशत बढेर १ अर्ब २१ करोड ५६ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले खुद नाफा ६४ करोड ९२ लाख ४० लाख रुपैयाँ आर्जन गरेको थियो ।