यी ४ तरिकाबाट हेर्न सकिन्छ मैलुङ खोला जलविद्युतको आईपीओ रिजल्ट
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार बिहान बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमा २ हजार ८४३ जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ । सदर भएका २० लाख ६५ हजार १२४ जनाको आवेदकको ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ भने भाग्यमानी ६ जनाले थप ११ कित्ता शेयर पाएका छन् ।
कम्पनीको आईपीओको रिजल्ट हेर्न मैलुङ खोलाको वेबसाइट https://mailungkhola.com ,बिकी प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
कम्पनीले साउन १४ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोष र बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणका लागी छुट्याइएको थियो ।
आईपीओ रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोलाः
https://iporesult.cdsc.com.np/
www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)













