२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री देउवालाई ओलीले भने एमसीसी के गर्नुहुन्छ ?



काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के गर्नुहुन्छ भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

मंगलबार संसद बैठकलाई सम्बोधन गरेका एमाले संसदीय दलका नेता ओलीले सरकारको साझा न्यूनमत कार्यक्रममा एमसीसी उल्लेख नभएको भन्दै प्रश्न उठाएका हुन् ।

‘म प्रधानमन्त्री पदमा हुँदा एमसीसी पास हुनुपर्छ भन्नुहुन्थ्यो, तर, खै अहिले किन पास भएन, किन बिर्सिनु भएन, सरकारको एमसीसीसँगको धारणा के हो ? मैले अहिलेसम्म एमसीसी पास हुनुपर्छ भनेर भनेको छैन,’ उनले भने ।