४ हजा ९०४ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजा ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २० हजार६८० जना पुगेका छन् ।
पछिल्लो २४ घण्टामा १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या १० हजार १५० जना पुगेका छन् ।
पछिल्लो २४ घण्टामा २ हजार ११५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ लाख ७३ हजार १९८ जना पुगेका छन् । हाल देशभरि कोरोना सक्रिय संक्रमित ३७ हजार ३३२ जना रहेका छन् ।












