११ श्रावण २०८३, सोमबार

मेन्छियाम हाइड्रोपावरको १६ लाख कित्ता आईपीओ आउदै, शेयर बिक्रि प्रबन्धकमा एनआइसी एशिया क्यापिटल नियुक्त

मेन्छियाम हाइड्रोपावरको १६ लाख कित्ता आईपीओ आउदै, शेयर बिक्रि प्रबन्धकमा एनआइसी एशिया क्यापिटल नियुक्त



काठमाडौं । मेन्छियाम हाइड्रोपावरले १६ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल नियुक्त गरेको हो

स्थानीयबासी तथा सर्वसाधारणहरुका लागि साधारण शेयर निष्काशनका लागि एनआईसी एशिया क्यापिटल र मेन्छियाम हाइड्रोपावर लिमिटेडबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको कम्पनिले जानकारी दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता साधारण शेयर निष्काशन तथा विक्री गर्ने छ ।