१९ कार्तिक २०८३, बिहिबार

क्रिकेटको उत्साहलाई अझ रोमाञ्चक बनाउन सिजीकाे आकर्षक अफर (अन्तर्वार्ता)



अहिले नेपालमा क्रिकेटको मोह र उत्साह चरम सीमामा पुगेको छ, जसले हरेक घरलाई मिनी स्टेडियम जस्तै बनाइदिएको छ। घरेलु इलेक्ट्रोनिक्स बजारमा विश्वासको पर्याय बनेको सिजी ब्रान्डले क्रिकेटप्रेमी र आम उपभोक्ताहरूका लागि उत्कृष्ट प्रविधिका टेलिभिजनका साथै विभिन्न घरायसी उपकरणहरूमा आकर्षक छुट तथा उपहार योजनाहरू सार्वजनिक गरेको छ। यसै विषयमा सिजी ब्रान्डका सेल्स म्यानेजर बद्रीनाथ रायसँग गरिएको कुराकानी:

अहिले देशभर क्रिकेटको निकै उत्साह छ। यसलाई सिजी ब्रान्डले कसरी हेरिरहेको छ ?

अहिले नेपालमा क्रिकेट केवल एउटा खेलमात्र नभएर नेपालीहरूको भावना र उत्सवको रूपमा विकास भइरहेको छ।

विशेषगरी नेपाली क्रिकेटप्रतिको बढ्दो आकर्षणले हरेक घरमा क्रिकेट हेर्ने उत्साह थपिएको छ। पहिले क्रिकेट हेर्न मानिसहरू विभिन्न ठाउँमा जम्मा हुन्थे भने अहिले परिवार र साथीभाइसँग घरमै ठूलो स्क्रिनमा क्रिकेट हेर्ने चलन बढिरहेको छ।

यही उत्साहलाई ध्यानमा राख्दै सिजी ब्रान्डले ग्राहकहरूलाई उत्कृष्ट प्रविधि, ठूलो स्क्रिन र आकर्षक मूल्यमा टेलिभिजन उपलब्ध गराइरहेको छ। हाम्रो उद्देश्य भनेको दर्शकले घरमै बसेर पनि स्टेडियममा क्रिकेट हेरिरहेको जस्तै अनुभव गर्न सकून् भन्ने हो। यसैलाई हामीले हाम्रो अभियान ‘एक्सपिरियन्स लाइफ विथ सिजी’ सँग जोडेर अगाडि बढाइरहेका छौँ।

क्रिकेटको यो माहोलमा सिजीले विशेषगरी टेलिभिजनलाई कसरी प्राथमिकता दिएको छ?

क्रिकेट हेर्दा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उत्कृष्ट पिक्चर क्वालिटी, ठूलो स्क्रिन र सहज भिजुअल अनुभव हो। यसैलाई मध्यनजर गर्दै हामीले हाम्रो प्रिमियम सिरिज सिजी मेरिडिया अन्तर्गतका विशेष एआई टेलिभिजनहरूलाई उच्च प्राथमिकतामा राखेका छौँ।

सिजीसँग ग्राहकहरूको आवश्यकता अनुसार स्मार्ट टिभी र गुगल टिभी त छन् नै, तर विशेषगरी सिजी मेरिडिया एआई टिभीले क्रिकेट हेर्ने अनुभवलाई अर्कै स्तरमा पुर्‍याउँछ। यसमा प्रयोग भएको अत्याधुनिक एआई प्रविधिले पिक्चर क्वालिटी र दृश्यहरूको स्पष्टतालाई आफैँ अप्टिमाइज गर्छ।

हाम्रा यी मोडलहरूमा एआई मोसन क्ल्यारिटी, एआई डाइलग क्वालिटी इन्हान्सर र एसएआई प्रोसेसर जस्ता विशेषताहरू छन्, जसले क्रिकेटमा बलको गति, खेलाडीको एक्सनदेखि स्टेडियमको हुटिङसम्म स्पष्ट रूपमा महसुस गराउँछ। अहिले ग्राहकहरूले ४३, ५५ र ६५ इन्चका ठूला स्क्रिन भएका सिजी मेरिडिया टेलिभिजनहरूमा विशेष रुचि देखाइरहनुभएको छ।

हामी भन्न चाहन्छौँ- क्रिकेटको हरेक चौका, छक्का र रोमाञ्चक क्षण, अब सिजी मेरिडियाको ठूलो स्क्रिनमा अझ विशेष बन्नेछ।

अहिले सिजी टिभी खरिद गर्ने ग्राहकहरूका लागि कस्ता अफरहरू उपलब्ध छन्?

हामीले ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर टेलिभिजनमा निकै आकर्षक मूल्य र बचतको अवसर उपलब्ध गराएका छौँ। हाम्रो विशेष टिभी अफर अन्तर्गत छनोट गरिएका मोडलहरूमा रु. ३६,२०० सम्मको बचत गर्ने अवसर रहेको छ।

यसका साथै ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा इएमआई सुविधा पनि प्राप्त गर्न सक्नुहुन्छ। विशेष कुरा के छ भने हामीले “नागरिकता भए पुग्छ” भन्ने अवधारणासहित सहज इएमआई सुविधालाई प्राथमिकता दिएका छौँ।

त्यसैगरी, पुरानो टेलिभिजन साटेर नयाँ सिजी वा सिजी मेरिडिया टिभी खरिद गर्न चाहने ग्राहकहरूका लागि सिजी एलेक्स मार्फत एक्सचेन्ज सुविधा पनि उपलब्ध छ। छनोट गरिएका एलइडी टिभीमा ३ वर्षको वारेन्टी तथा सर्तअनुसार निःशुल्क डेलिभरीको सुविधा पनि छ। हाम्रो लक्ष्य भनेको ग्राहकले उत्कृष्ट प्रविधिको टेलिभिजन किन्दा मूल्य र सुविधाका कारण कुनै सम्झौता गर्न नपरोस् भन्ने हो।

क्रिकेटको अवसरमा सिजीले ‘प्रिडिक्ट एन्ड विन’ कार्यक्रम पनि सञ्चालन गरिरहेको छ भन्ने सुनिएको छ। यसबारे बताइदिनुहोस् न।

अवश्य। अहिले क्रिकेटको उत्साहलाई अझ रमाइलो र अन्तरक्रियात्मक बनाउन हामीले क्रिकेटप्रेमी दर्शकहरूका लागि विशेष ‘प्रिडिक्ट एन्ड विन’ कार्यक्रम अगाडि बढाइरहेका छौँ।

हाम्रो उद्देश्य भनेको क्रिकेटको यो उत्सवमा सबै जना थप उत्साहका साथ जोडिन सकून र खेलको माहोल अझै रोमाञ्चक बनोस् भन्ने हो। यस कार्यक्रममार्फत खेलको सही नतिजा अनुमान गर्नेहरूले आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्नुहुनेछ।

हामी चाहन्छौँ कि सिजीसँगको अनुभव केवल उत्पादनमा मात्र सीमित नरही खुसी र उत्साहको अवसर पनि बनोस्। ‘प्रिडिक्ट एन्ड विन’मा सहभागी हुने प्रक्रिया र पुरस्कारसम्बन्धी विस्तृत जानकारी सबैले सिजीको आधिकारिक फेसबुक पेज लगायतका सामाजिक सञ्जालबाट प्राप्त गर्न सक्नुहुनेछ।

सिजीले टिभीसँगै वासिङ मेसिन, रेफ्रिजरेटर र अन्य घरेलु उपकरणहरूलाई पनि प्राथमिकता दिइरहेको छ। यसबारे बताइदिनुहोस् न।

सिजी भनेको टेलिभिजनमा मात्र सीमित ब्रान्ड होइन। हामी नेपाली परिवारको दैनिक जीवनलाई सहज, सुविधाजनक र आधुनिक बनाउने उद्देश्यले विभिन्न घरेलु उपकरणहरू उपलब्ध गराउँदै आएका छौँ।

हामीसँग वासिङ मेसिन, रेफ्रिजरेटर, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, एयर कन्डिसनर लगायतका धेरै उत्पादनहरू उपलब्ध छन्। विशेषगरी वासिङ मेसिनको कुरा गर्दा हामीसँग फ्रन्ट लोड , टप लोड र सेमि-अटोमेटिक विभिन्न विकल्पहरू छन्, जसमा हामीले आकर्षक उपहारको व्यवस्था पनि गरेका छौँ।

जसमा फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल, टप लोड वासिङ मेसिन खरिदमा ४ केजी सर्फ एक्सेल र सेमि-अटोमेटिक वासिङ मेसिन खरिदमा २ केजी सर्फ एक्सेल पायन सकिने छ ।

त्यसैगरी रेफ्रिजरेटरमा पनि ग्राहकहरूको आवश्यकता, परिवारको आकार र बजेटअनुसार विभिन्न विकल्प उपलब्ध छन्। हामी ग्राहकलाई उत्पादन मात्र बेच्नेभन्दा पनि उहाँहरूको जीवनलाई सहज बनाउने समाधान दिन चाहन्छौँ।

अहिले घरको सरसफाइका लागि भ्याकुम क्लिनरको प्रयोग पनि बढ्दै गएको छ। सिजीको भ्याकुम क्लिनर बारे के भन्न चाहनुहुन्छ?

पछिल्लो समय नेपाली उपभोक्ताहरूमा घरको सरसफाइ, स्वच्छता र समय व्यवस्थापनप्रति सचेतना बढ्दै गएको छ। विशेषगरी व्यस्त जीवनशैलीमा कम समयमा घर सफा गर्न सकिने उपकरणको आवश्यकता बढिरहेको छ। यही आवश्यकतालाई ध्यानमा राखेर सिजीले भ्याकुम क्लिनर पनि उपलब्ध गराउँदै आएको छ।

घरका कार्पेट, सोफा, भुइँ तथा धूलो जम्मा हुने विभिन्न स्थानहरूको सफाइलाई सहज बनाउन यो अत्यन्तै उपयोगी हुन्छ। पहिले घर सफा गर्न धेरै समय र मेहनत लाग्थ्यो भने अहिले यस्ता आधुनिक उपकरणहरूले दैनिक कामलाई सहज बनाएका छन्। सिजीको सोच नै यही हो-घरको काम सजिलो बनाउने, जीवनको हरेक पललाई अझ राम्रो बनाउने।

अघि तपाईंले सिजी मेरिडियाको कुरा गर्नुभयो, सामान्य सिजी उत्पादनभन्दा यसको विशेषता के हो?

सिजी मेरिडिया हाम्रो प्रिमियम सिग्नेचर सिरिज हो। आजका उपभोक्ताहरूले घरेलु उपकरण खरिद गर्दा केवल त्यसको उपयोगितालाई मात्र हेर्नुहुन्न, डिजाइन, प्रविधि र घरको इन्टेरियरसँगको मेललाई पनि उत्तिकै महत्त्व दिनुहुन्छ।

टेलिभिजनको सन्दर्भमा भन्नुपर्दा, सिजी मेरिडिया एआई टिभी नेपाली बजारकै सबैभन्दा उत्कृष्ट र स्मार्ट प्रविधिमध्ये पर्छ। यसको आर्टिफिसियल इन्टेलिजेन्सले तपाईँले हेरिरहेको कन्टेन्ट (जस्तै: खेलकुद, चलचित्र वा समाचार) विश्लेषण गरेर आफैँ त्यही अनुसारको भिजुअल र अडियो आउटपुट दिन्छ।

यसका साथै, यसको स्लिम र बेजेल-लेस डिजाइनले घरको बैठक कोठालाई निकै प्रिमियम लुक दिन्छ। सिजी मेरिडियामार्फत हामी ग्राहकहरूलाई घरको सौन्दर्यसँगै उच्चस्तरीय प्रविधिको अनुभव दिन चाहन्छौँ।

दशैँ-तिहारको अवसरमा सञ्चालन गरिएको विशेष योजनाका सुविधाहरू अहिलेका ग्राहकहरूका लागि पनि कत्तिको आकर्षक छन्?

सिजीले यस वर्षको चाडपर्वलाई लक्षित गर्दै “भरोसा नेपालीको, उत्सव दशैँ–तिहारको” भन्ने नारासहित विशेष योजना ल्याएको थियो जसमा रु. १,०२,००० सम्मको क्यासब्याकको व्यवस्था थियो।

अहिले पनि क्रिकेटको उत्साहलाई ध्यानमा राखेर हामीले विशेषगरी टिभी खरिद गर्ने ग्राहकहरूका लागि आकर्षक मूल्य र सुविधामा जोड दिएका छौँ। निश्चित उपहार, सहज इएमआई, एक्सचेन्ज सुविधाहरू अहिले पनि सञ्चालनमै छन्।

ग्राहकहरूलाई उपलब्ध पछिल्ला अफर र योजनाहरू बुझेर आफ्नो आवश्यकता तथा बजेटअनुसार उपयुक्त उत्पादन छनोट गर्न म आग्रह गर्दछु।

सिजीको बिक्रीपछिको सेवा र ग्राहकको विश्वासलाई कसरी सुनिश्चित गर्नुभएको छ?

उत्तर: सिजीले विगत ४० वर्षभन्दा लामो समयदेखि नेपाली उपभोक्ताहरूको विश्वास जित्दै आएको छ। हाम्रो लागि उत्पादन बिक्री गर्नु जति महत्त्वपूर्ण छ, बिक्रीपछिको सेवा पनि त्यत्तिकै महत्त्वपूर्ण छ।

यसैलाई ध्यानमा राखेर हामीले देशभर ४० वटा सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा उपलब्ध गराउँदै आएका छौँ। त्यसैगरी ग्राहकहरूको सुविधाका लागि सिजी केयर एप पनि सञ्चालनमा छ, जहाँबाट वारेन्टी रजिस्ट्रेसन र सर्भिस रिक्वेस्ट सहज रूपमा गर्न सकिन्छ।

हामी सिजीलाई केवल इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा होइन, हरेक नेपाली घरको विश्वासिलो साथीका रूपमा स्थापित गर्न चाहन्छौँ।

अन्त्यमा, क्रिकेटप्रेमी तथा सिजीका ग्राहकहरूलाई के सन्देश दिन चाहनुहुन्छ?

उत्तर: सबैभन्दा पहिले सम्पूर्ण नेपाली क्रिकेटप्रेमीहरूलाई क्रिकेटको यो उत्सवको शुभकामना दिन चाहन्छु। नेपालमा क्रिकेटप्रतिको माया र उत्साह देख्दा हामी सबैलाई गर्व लाग्छ। म सम्पूर्ण ग्राहकहरूलाई यही भन्न चाहन्छु कि क्रिकेटको यो रमाइलो समयमा आफ्नो परिवार र साथीभाइसँग हरेक खेलको आनन्द लिनुहोस्।

यदि तपाईं नयाँ टेलिभिजन खरिद गर्ने सोचमा हुनुहुन्छ भने, एउटा उत्कृष्ट अनुभवको लागि सिजी मेरिडिया एआई टिभी अवश्य हेर्नुहोस्। यसका साथै अन्य स्मार्ट टिभी, वासिङ मेसिन, रेफ्रिजरेटर लगायतका घरेलु उपकरणहरूमा पनि अफरको फाइदा लिन सक्नुहुन्छ। थप जानकारीको लागि नजिकैको सिजी डिजिटल शोरुम, आधिकारिक डिलर वा www.cginspiringlife.com, www.cgdigital.com.np मा भिजिट गर्नुहोला

अन्त्यमा म यत्ति भन्न चाहन्छु-“क्रिकेटको उत्साह होस् वा परिवारसँग बिताउने खुसीका पल, हरेक अनुभवलाई विशेष बनाऔँ, सिजी सँग।”