२ कार्तिक २०८३, सोमबार

सरकारले ल्यायो दल विभाजन सम्वन्धि अध्यादेश, २० प्रतिशतले पार्टी फुटाउन पाउने



काठमाडौं । सरकारले दल विभाजन सम्वन्धि अध्यादेश ल्याएको छ । मंगलबार बसेको मन्त्रीस्परिषदको बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने ब्यवस्था गरेको हो ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । उक्त ब्यवस्थालाई संशोधन गरि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।