२ कार्तिक २०८३, सोमबार

एमाले एकताका लागी अन्तिम क्षणमा माधव नेपालका यी ३ शर्त पुरा हुनुपर्ने



काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले एकताको लागी अन्तिम ३ शर्त पुरा गर्नुपर्ने माग राखेको छ । फुटको अन्तिम क्षणमा पुगेको नेकपा एमाले अन्तिममा आएर माधव नेपालले यस्तो माग राखेका हुन् ।

अन्तिम क्षणमा माधव नेपालले एकताको लागी विभिन्न ३ शर्त राखेका छन् । जसमा बरिष्ठ नेता नेपालले आफूसहित १४ जना माथिको कारवाही फिर्ता, समान हैसियत र हस्ताक्षर सहितको अध्यक्ष र २०३ सदस्यीय केन्द्रिय कमिटीको पुनर्वहाली गर्नुपर्ने शर्त राखेका हुन् । यी शर्त पुरा गरे पार्टी एकता हुने विशेष स्रोतले बताएको छ ।

तर पार्टी फुटेमा नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । नयाँ पार्टी स्थापना गर्न वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम रहनेछन् ।