२ कार्तिक २०८३, सोमबार

तारकेश्वरमा जाग्यो एमाले, वडा भेला गर्न तोक्यो इन्चार्ज



काठमाडौ । काठमाडौं । नेकपा एमाले तारकेश्वर गाउँपालीका संगठन कमिटिको गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रथम विस्तारित बैठक सम्पन्न भएको छ ।

शनिबार तारकेश्वर स्थित वडा नं. १ दाङसिंमा सम्पन्न भएको बैठकले सम्पुर्ण वडामा वडा भेला गर्न इन्चार्ज तोकेको हो । साथै भातृ संगठनको पनि अधिवेसन गर्न इन्चार्ज तोकेको छ ।

भेलाले छ वटा वडाका लागि ईन्चार्ज सह ईन्चार्ज सँगै भातृ संगठनका ईन्चार्ज सह ईन्चार्ज पनि तोकेको तारकेश्वर गाउँपालिका संयोगक चुडामणि गजुरेलले जानकारी दिए । उक्त वडा भेला भदौ १५ गतेभित्र वडा र भातृसंगठनको अधिवेसन गरिसक्ने निर्णय गरेको छ ।

बैठकलाई संबोधन गर्दै बागमती प्रदेश सरकारको आन्तरीक मामिला तथा कानुनमन्त्री केशव पाण्डेले विगतको तुष त्यागेर पार्टी संगठन निर्माणमा लाग्न सबै नेता कार्यकर्तालाई आग्रह गरे । मन्त्री पाण्डेले बाटो बिराएका कार्यकर्ता नेतालाई तत्काल पार्टी जिम्मेवारीमा फर्कन आग्रह गरे ।

नेकपा एमालेका नेता तथा बाग्मति प्रदेशका आन्तरिक मामिलामन्त्री केशव राज पाण्डेले माधव नेपाल समुहमा लागेका प्रतिनिधि सभा सदस्य नारायण खतिवडालाई सच्चिएर मुलधारमा आए पार्टीले आवश्यक जिम्मेवारी दिने बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा तारकेश्वर गाउँपालिका ईन्चार्ज चुडामणि गजुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई जिल्ला कमिटी सचिव काशिराज अधिकारी, जिल्ला कमिटी सचिवालय सदस्य तथा तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्ति, जिल्ला कमिटि सचिवालय सदस्य विष्णु तारुके, माधव गजुरेल, नवराज तिवारी जिल्ला कमिटि सचिवालय सदस्य तथा युवा तथा खेलकुद विभाग प्रमुख राजु तिवारी, जिल्ला कमिटी सचिवालय सदस्य नारायण रिमाल, विष्णु दाहाल, कोपिला भट्ट अनेरास्ववियु नुवाकोट जिल्ला कमिटी अध्यक्ष सत्य रिमाल लगायत स्थानीय नेताहरुले आआफ्ना धारणा राखेका थिए ।


को को तोकिए ईन्चार्ज र सह ईन्चार्ज
वडा नं. १
ईन्चार्ज टेक बहादुर तमाङ्ग
सह ईन्चार्च राम कृष्ण खनाल

वडा नं. २
ईन्चार्ज रामचन्द्र अधिकारी
सह ईन्चार्ज होमनाथ सिग्देल

वडा नं. ३
ईन्चार्ज दिपक ढुंगाना
सह ईन्चार्ज सुब्बा श्रेष्ठ

वडा नं. ४
ईन्चार्ज चन्द्र सापकोटा
सह ईन्चार्ज ध्रुव घिमिरे

वडा न. ५
ईन्चार्ज विक्रम गुरुङ्ग
सह ईन्चार्ज रामबाबु अधिकारी

वडा नं. ६
ईन्चार्ज राम प्रसाद रिमाल
सह ईन्चार्ज सुकुमान तमाङ्ग

राष्ट्रिय युवा सँघको
ईन्चार्ज सुरेस तमाङ्ग
सह ईन्चार्ज भगवान राना मगर

विध्यार्थी फाटँ
ईन्चार्ज किशोर अधिकारी