एमालेद्वारा प्रदेशसभा बहिस्कार गर्दा पनि मुख्यमन्त्री केसीले मागे विश्वासको मत
काठमाडौं । नेकपा एमालेद्वारा प्रदेश सभा बहिस्कार गर्दा पनि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत दिन आग्रह गरेका हुन् ।
एमालेले अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको लगातार विरोध गर्दै आएको छ । सभामुखले तीनपटक स्थगित गर्दै चौथोपटक बैठक आव्हान गरेका थिए तर पदमुक्त भने गरेका छैनन् ।
लुम्बिनी सभामा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसद छन् । एमाले ३८ जना छन् । सूर्य चुनाव चिन्हबाट चुनाव जितेका अजय शाहीलाई भने प्रदेशसभाले स्वतन्त्र सांसद दावी गरेको छ ।















