एकीकृत नेकपा समाजवादी पार्टीको सनाखत बुधबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एकीकृत नेकपा समाजवादी पार्टीको सनाखत बुधबार



काठमाडौं । माधव नेपालले नेतृत्व गर्ने भनेर प्रस्ताव गरेका एकीकृत नेकपा समाजवादी पार्टीको सनाखत बुधबार हुने भएको छ । दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगले बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भएर सनाखत गर्न समय तोकेको हो ।

राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्ने प्रावधान रहेको छ ।

नेपालले एकीकृत नेकपा समाजवादी दर्ताको लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली निर्वाचन आयोगमा बुझाई सकेका छन । अध्यादेश अनुसार २० प्रतिशत बनाउन २०३ सदस्यीय एमाले केन्द्रीय सदस्यको ४१ जना पुर्याउनुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्