सेयर बजारमा पहिरो, झण्डै ५० अंकले घट्दा सबै समूहमा राताम्य - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सेयर बजारमा पहिरो, झण्डै ५० अंकले घट्दा सबै समूहमा राताम्य



काठमाडौं । सेयर बजारमा भारि अंकले गिरावट आएको छ । निरन्तर उकालो लागेको सेयर बजार पछिल्लो केही दिनदेखि ठूलो अंकले करेक्शन हुँदै आएको छ । सेयर बजारसँग सम्वन्धित विभिन्न गतिविधि भएपछि सेयर बजारमा करेक्शन आएको हो । त्यस्तै, राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गरेपछि बजारमा ठूलो अंकले करेक्शन भएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितो कर्जामा कडाई गर्दै १२ करोड रुपैयाँको सिमा तोकेपछि बजारमा करेक्शन आएको सेयर विज्ञ बताउँछन् ।

हिजो मंगलबार ठूलो अंकले घटेको बजार पुन आज पनि सोही रेसियोमा घटेको छ । बुधबार नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६ अंकमा बन्द भएको छ । यसअघि हिजो ५५ अंकको करेक्शन आएको थियो ।

बुधबार नेप्से सूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । बुधबार दिनभरिमा २२७ कम्पनीको १ करोड ९५ लाख ९९ हजार कित्ता सेयर १ लाख १८ हजार पटक किनबेच हुँदा १२ अर्ब ९ करोड २१ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सबै समूहमा राताम्य छाएको छ ।


प्रतिक्रिया दिनुहोस्