३ कार्तिक २०८३, मंगलबार

१ अर्ब बढी चुक्ता पुँजी भएका लघुवित्तले उपत्यका भित्र कर्पोरेट कार्यालय खोल्न पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सँस्थाहरुका लागि पनि संसोधित एकीकृत निर्देशन २०७७ जारी गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यन्वयनको लागि आज लघुवित्तहरुका लागि पनि संसोधित तथा परिमार्जित एकीकृत निर्देशन २०७७ जारी गरेको हो ।

नयाँ ब्यवस्थामा १ अर्ब बढी पुँजी हुने वित्तीय संस्थाले उपत्यका बाहिर पनि कर्पोरेट कार्यालय खोल्न पाउने भएका छन् । इजाजतपत्रप्राप्त ‘घ’ वर्गको लघु वित्त वित्तीय संस्थाहरु गाभिएर वा प्राप्ति गरेर रु १ अर्बभन्दा बढी चुक्ता पूँजी कायम गरेमा वा रु १ अर्बभन्दा बढी चुक्ता पूँजी भएका संस्थाले एउटा राष्ट्रियस्तर वा २ वटा प्रदेश स्तरका संस्था गाभेमा वा प्राप्ति गरेमा काठमाडौं उपत्यका भित्र काठमाडौं महानगरपालिका तथा ललितपुर महानगरपालिका बाहेकका स्थानमा एउटा कर्पोरेट कार्यालय र २ वटा शाखा कार्यालय स्थापना गर्न स्वीकृति प्रदान गरिने छ,’ परिपत्रमा भनिएको छ ।

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ ।