२ कार्तिक २०८३, सोमबार

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त



काठमाडौं । भीम आचार्र्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन् । पार्टी विभाजनपछि पहिलो पटक बसेको नेकपा (एमाले) प्रदेश १ संसदीय दलको बैठकले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको हो । बिहीबारको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईलले राजीनामा दिएर मुख्यमन्त्रीमा भीम आचार्यलाई नियुक्त गरेको हो ।

आजै अपरान्ह्रसम्म मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखबाट सपथ लिने तयारी छ । प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य रहेकोमा हाल ९२ जना सांसद छन् । नेकपा एमालेका सभामुखसहित ५१ सदस्य छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १–१ जना सांसद छन् । प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।