१० श्रावण २०८३, आइतबार

गरिमा विकास बैंकले ल्यायो ‘गरिमा तीजको लहर,टिकटक प्रतियोगिता, विजेताले ९ हजार पाउने

गरिमा विकास बैंकले ल्यायो ‘गरिमा तीजको लहर,टिकटक प्रतियोगिता, विजेताले ९ हजार पाउने



काठमाडौ । गरिमा विकास बैंकले गरिमा तीजको लहर टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।कोरोना भाईरसले गर्दा गत वर्षमा जस्तै भौतिक दुरी कायम राखी तीज मनाउने अवस्था हाललाई सम्भव नभएकाले भौतिक उपस्थिति बिना प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्न सम्पुर्ण नेपाली दिदीबहिनीहरुको लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।

उक्त प्रतीयोगीतामा सहभागी हुन नेपाल भित्र रहनुहुने सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सक्ने बैंकले जनाएको छ । तीजको मर्मलाई ख्यालमा राखी तीजलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्ने बैंकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ९ हजार उप–विजेताले ६ हजार र तेस्रो हुनेले ३ हजार नगद पुरस्कार पाउने छन । त्यसैगरी एउटा अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले २ हजार पुरस्कार दिईने बैंकले जनाएको छ ।

ईच्छुक महिला टिकटकरहरुले आजदेखि २४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar#Garimabikasbank ह्यासट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन पर्ने बैंकले जनाएको छ ।

टिकटक प्रतियोगिताको विस्तृत जानकारीहरु साथै शर्तहरुलाई फेसबुक र बेबसाईटमा गएर हर्न सक्ने छन ।