४६ दिन पुग्दा पनि प्रधानमन्त्री देउवाले विस्तार गर्न सकेनन् मन्त्रीपरिषद
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा प्रधानमन्त्री बनेको ४६ दिन पुगेको छ । सर्वाेच्च अदालतको परमादेशबाट असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएको देउवाले हालसम्म मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई परास्थ गरेर प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले हालसम्म पनि मन्त्री परिषद विस्तार गर्न नसक्दा चौतर्फी विरोध भएको छ ।
यसअघि प्रधानमन्त्री बन्दा जम्बो मन्त्रीमण्डल विस्तार गरेर आलोचना खेपेका प्रधानमन्त्री देउवाले यस पटक भने मन्त्रीपरिषद विस्तार गर्न नसकेर आलोचित बनेका छन् । नेकपा माओवादी केन्द्र र जनता समाज पार्टीको गठबन्धनबाट प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले माधव नेपाललाई पार्टी फुटाउन ल्याएको राजनीतिक दल सम्वन्धी अध्यादेशले नेकपा एमाले फुटाएर नेकपा (एकिकृत समाजवादी) बनाएका नेपालले आफू सरकारमा सहभागी हुने बताएका छन् ।
अब कांग्रेस, नेकपा माओवादी, नेकपा समाजवादी र जनता समाज पार्टीको संयुक्त सरकार बन्ने छ । तर अझै पनि प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद विस्तार गर्न कुनै सुरसार गरेका छैनन् । डेढ महिनासम्म सानो मन्त्रीपरिषदले सरकार चालउँदा माधव नेपालले पार्टी फुटाउँदा पनि विस्तार गर्न सकेका छैनन् ।
यस आफू सहित ४ जना मन्त्रीले सपथ लिएका थिए । त्यसपछि स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेर हाल ६ जनाको मात्रै मन्त्रीपरिषद रहेको छ । देउवा सरकारले मन्त्रीहरु छनौट गर्न नसक्दा सम्वन्धित मन्त्रालय अस्तव्यवस्त बनेका छन् । सेवाग्राही वालुवाटार धाउँदा पनि आफ्नो काम नभएको गुनासो गरिरहेका छन् । माधव नेपालकै कारण रोकिएको भनिएको मन्त्रिपरिषद् विस्तार बढाउन कुनै सुरसार गरिएको छैन् ।
यसअघि नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री बनेका छन् । माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ मन्त्री र पम्फा भुसाल ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री बनेका थिए । दोस्रो चरणमा उमेशलाल श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका प्रधानमन्त्री देउवाले माधव नेपालले निर्वाचन आयोगबाट दल दर्ताको मान्यता पाएसँगै मन्त्रीमण्डल विस्तार गर्न सक्रिय बनेका हुन् ।













