साहस उर्जाको ३५ लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

साहस उर्जाको ३५ लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । साहस उर्जा लिमटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन २९ गतेदेखि आयोजना प्रभावितलाई निष्काशन गरेको कम्पनिको आईपीओमा आवेदन दिने आज भदौ ११ गते अन्तिम दिन हो ।

कम्पनीले साउन २९ गतेदेखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाको लागि १०० रुपैयाँ अंकित दरमा ३६ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

उक्त शेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक आयोजना प्रभावीत क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा सोलुखुम्बुबाट आवेदन दिन सक्ने कम्पनिले जानकारी दिएको छ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन ।


प्रतिक्रिया दिनुहोस्