तेह्रथुम पावरको आईपीओमा ३०.६४ गुणा बढी आवेदन, कहिलेसम्म आवेदन दिन पाईन्छ ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तेह्रथुम पावरको आईपीओमा ३०.६४ गुणा बढी आवेदन, कहिलेसम्म आवेदन दिन पाईन्छ ?



काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा साडे १७ लाख जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रबारसम्ममा १७ लाख १८ हजार ६६३ जना आवेदकले २ करोड २८ लाख २ हजार १५० कित्ता शेयर गरिदको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ३०.६४ गुणा धेरै आवेदन परेको हो ।

कम्पनीले बुधबारदेखि १ सय रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणका लागि छुट्याएको छ ।

कम्पनीको आईपीओमा छिटोमा भदौ १३ गते र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्