नेपाल इन्भेस्टर्स फोरमको नयाँ अध्यक्षमा ढकाल चयन
काठमाडौं । नेपाल इन्भेस्टर्स फोरमको नयाँ अध्यक्षमा तुल्सीराम ढकाल चयन भएका छन । शनिबार भर्चुअल माध्यमबाट सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाले तुल्सीराम ढकाललाई अध्यक्ष चयन गरेको हो ।
त्यसैगरी साधारण सभाले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको हो । प्रथम उपाध्यक्षमा राजन लम्साल र अञ्जिब तुलाधर उपाध्यक्ष चयन भएका छन भने महासचिवमा दुर्गा तिवारी, सचिवमा विश्वेश्वर सुवेदी र कोषाध्यक्षमा हरिचन्द्र खनाल चयन भएका छन । कार्यसमिति सदस्यहरुमा अतीतलाल श्रेष्ठ, सिर्जना सुवेदी र अम्बिका शर्मा लामिछाने चयन भएका नेपाल इन्भेस्टर्स फोरमले जानकारी दिएको छ ।
तत्कालीन अध्यक्ष अम्बिका पौडेलले पुस ११ गते राजीनामा दिएका थिए ।













