भोलि विदा भएका कारण अरुण काबेलीको १७.८९ प्रतिशत लाभांश आजै सुरक्षित गर्नुपर्ने
काठमाडौं । अरुण काबेली पावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ । कम्पनीको १७.८९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भदौ १५ गतेदेखि बुकक्लोज गर्दैछ । त्यसैले आजसम्म कायम सेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन् । भोलि भदौ १४ गते सार्वजनिक बिदा भएका कारण कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद गरी कूल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले भदौ २६ गते साधारण सभा बोलाएको छ ।
सभाले बोनस शेयर वितरणपश्चात १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यसका साथै सभाले ७ जना सञ्चालकको संख्या घटाएर ५ जनामा झार्ने प्रस्ताव पनि पारित गर्नेछ ।













