नेपाललाई रावलको जवाफ धकेल्दा धकेलिनेले पछाडि फर्काउन खोज्दा फर्किनु पर्थ्यो
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टी फुटाएर गएका नेता माधवकुमार नेपालप्रति व्यंग्य गर्दै कसैले अगाडि धकेल्दा धकेलिने मान्छे पछाडि पनि फर्किनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भने, ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो । द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न।जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो ।’
शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले दोस्रो पुस्ताकै नेताहरूका कारण आफूहरू व्रिदोह गर्ने तहसम्म पुगेको र दोस्रो पुस्ताकै नेताहरूले छिटो एमालेबाट अलग हुनुपर्ने भन्दै निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको दावी गरेका थिए ।
















