मिलन खड्का र ईन्द्रमणि त्रितालले अरुण काबेलीका सञ्चालकबाट दिए राजीनामा
काठमाडौं । अरुण काबेलीका २ जना सञ्चालकले राजीनामा दिएका छन् । अरुण काबेली पावर कम्पनी लिमिटेडका सञ्चालकहरू मिलन खड्का र ईन्द्रमणि त्रितालले राजीनामा दिएका हुन् ।
सञ्चालक खड्का र त्रितालले दिएको राजीनामा भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले भदौ २६ गते साधारण सभा बोलाएको छ । सभाले ७ जना सञ्चालकको संख्या घटाएर ५ जनामा झार्ने प्रस्ताव पनि पारित गर्नेछ ।














