भदौ मसान्तसम्म निषेधाज्ञा थप, के गर्न पाईन्छ, के गर्न पाईदैँन ?
काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा थप गरिएको छ । काठमाडौंमा जारी निषेधाज्ञा भदौ मसान्तसम्म थप गर्ने निर्णय गरिएको हो । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ मसान्तसम्म कायम हुने गरी निषेधाज्ञा कायम राखेको हो ।
कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी भोलिबाट लागू हुनेगरी निषेधाज्ञा लम्ब्याइएको हो । तर लम्ब्याईएको निषेधाज्ञा भने थप खुकुलो पारिने भएको हो । शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । तर विद्यालय सञ्चालन गर्नुपर्ने भए स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीससीएमसी) सँग समन्वय गर्नुपर्ने छ ।
बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुने गरी अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भीडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रा, महोत्सव, आदिमा प्रतिबन्ध लगाउने निर्णय भएको छ ।













