नेप्से परिसूचक सामान्य अंकले बढ्यो, कारोबार साढे ९ अर्ब रुपैयाँ
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । बुधबार दिनभरि उतारचढाव रहेको नेप्से बन्द हुने समयमा सामान्य अंकले बढेको छ । यसअघि हिजो मंगलबार भारि अंकले घटेको नेप्से बुधबार भने सामान्य अंकले बढेको नेप्सेले जनाएको हो ।
बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेरपनि कारोबार रकम भने थोरै भएको छ । बुधबार नेप्से परिसूचक १.१८ अंकले बढेर २९७७.०२ अंकमा बन्द भएको हो ।
बुधबार दिनभरिमा २२६ वटा कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर १ लाख ४ हजार ३४२ पटक किनबेच हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
बुधबार सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ३० करोड १४ लाख रुपैयाँ, अपी पावरको २३ करोड ७५ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको २३ करोड ३६ लाख रुपैयाँ र रिडी हाइड्रोपावर कम्पनीको २२ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले ७.५५ प्रतिशत, ओरिएण्टल होटल्सका लगानीकर्ताले ६.१४ प्रतिशत र यूनाइटेड मोदी हाइड्रोपावरका लगानकिर्ताले ६ प्रतिशत नाफा आर्जन गरेका छन् । बुधबार बैंकिङ, होटल तथा पर्यटन जीवन बीमा र इन्भेष्टमेन्ट समूह बाहक अन्य समूहमा भने रातामइ नै रहेको छ ।














