२ कार्तिक २०८३, सोमबार

कांग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी घोषणा, जितको अन्त्यन्त नजिक रहेको दावी



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले १४ औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्यसमेत रहेका गुरुङले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणालाई कसैले पनि बार्गेनिङ टुलको रुपमा प्रयोग गर्न नहुने बताएका हुन् । उनले आफूलाई जितको अन्त्यन्त नजिक भएकोले सभापतिको उम्मेदवारको रुपमा उभिएको दावी गरेका हुन् ।

पार्टीलाई विधान अनुसार चलाउने र गुटबन्दी अन्त्य गर्ने उनले बताए । एउटा पदमा बारम्बार दोहोरिने गरेको र एक व्यक्ति एउटा पदमा दुई पटक मात्र हुन पाउने व्यवस्था गर्ने उनको भनाई छ ।