अपि पावरको ११.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अपि पावरको ११.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । अपी पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ १७ गते, बिहीबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि (भदौ १८ गते, शुक्रबार) देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज (भदौ १७ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश भाद्र २५ गते, शुक्रबार कम्पनीको प्रधान कार्यालय, ट्रेडटावर काठमाडौँमा हुन लागेको कम्पनीको अठारौँ वार्षिक साधारण सभाले पारित गर्नेछ ।

साथै, सभामा कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः०.३९३६ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । सभामा वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा छ ।


प्रतिक्रिया दिनुहोस्