ङादी ग्रुप पावरको २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ङादी ग्रुप पावरको २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको बोनस सेयर सूचीकृत गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको २१.०५ प्रतिशत लाभांश शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

कम्पनीले लाभांश वितरण प्रयोजन र साधारण सभा प्रयोजनको लागि भोलि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र लाभांश तथा साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले आगामी असोज ३ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा बिहान ९ बजे क्विन्स क्याफे अनामनगर, काठमाडौंमा साधारण सभा बोलाएको हो ।

कम्पनीले आव २०७७–७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने पनि प्रस्ताव गरेको छ ।

त्यस्तै, सभाले बझाङको अपर सेती हाइड्रोपावर प्रोजेक्ट ७०.४० मेगावाटको सर्वेक्षण अनुमति पत्रको लागि आवेदन दिएको र सो सम्बन्धमा भए गरेका प्रगति विवरणहरु सभालाई जानकारी गराउने र थप आवश्यक कार्यका लागि सञ्चालक समितलाई अख्तियारी दिने प्रस्ताव पनि पारित एजेण्डा रहेको छ ।

त्यस्तै, सभामा अन्य जलविद्युत कम्पनीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने र सो सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितलाई अख्तियारी दिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावीमा संशोधन गर्ने प्रस्ताव रहेको छ ।


प्रतिक्रिया दिनुहोस्