नेप्सेमा भारि अंकको गिरावट, ५०.२८ अंकले घट्दा साढे ९ अर्बको कारोबार
काठमाडौं । नेप्से भारि अंकले घटेको छ । बिहीबार नेप्से ५०.२८ अकंले घटेर २९२६.८९ अंकमा बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज निरन्तर रुपमा घट्दै आएको छ । सेयर धितो कर्जामा राष्ट्र बैंकले कडाई गरेपछि नेप्से निरन्तर ओरालो लाग्दै आएको छ ।
बिहीबार २३० कम्पनीको १ करोड ८१ लाख ९ हजार कित्ता सेयर १ लाख ५ हजार पटक किनबेच हुँदा ९ अर्ब ५० करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
बिहीबार नेप्सेमा सबै समूहमा राताम्य छाएको छ । बिहीबार सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५७ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । अपि पावर कम्पनीको ३२ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएएको छ । ङादी ग्रुप पावर कम्पनीको २३ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको २० करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशत, मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशत, चन्द्रागिरी हिल्सका लगानीकर्ताले ५.२३ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.८७ प्रतिशतका दरले गुमाएका छन् ।














