थप २ हजार ४ जनामा कोरोना संक्रमण, १ हजार ८४६ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १ हजार ६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २ हजार ४ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६५ हजार ९१४ जना पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ८४६ रहेको छ । यो सहित नेपालमा कोरोना सक्तमणमुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ जना पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ जना पुगेका छन् । हाल देशभरि सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ९४६ जना रहेका छन् ।












