महालक्ष्मी विकास बैंकको ऋणीले साँवा र व्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझे
काठमाडौं । महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिनुभएकी ललितपुर, ईमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुनगई तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका गलत समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।
बैंक कर्जाको निश्चित विधि र प्रक्रिया पूरा गर्ने क्रममा लागेको समयलाई लिएर बैंकले ऋणीको धितोको सम्पत्ति नै नदिन खोजेको आशयको समाचार प्रकाशित हुनु आश्यर्चको विषय हो ।
बैंक र ग्राहकबिच कर्जा असुलीको व्रmममा भएको फरक बुझाइका कारणले भ्रामक रुपमा समाचार प्रवाह हुँदा बैंक जस्तो सम्वेदनशील निकायको प्रतिष्ठामै आँच आउने तथ्यलाई मनन गरी दिनुहुन सरोकारवाला सबैमा बैंकले अनुरोध गरेको छ ।
भदौ १८ गते शुक्रवार ऋणीले कर्जाको सम्पूर्ण साँवा व्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिएको बैंकले बताएको छ । बैंक आफ्ना ग्राहकहरुप्रति संधै संवेदनशील रहने र भविष्यमा पनि ग्राहकहरुको हितलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
ध्यानाकर्षण गरीएको बारे
यस बैंकको कुमारीपाटी शाखावाट प्रबाहभएको सुन कर्जा सम्बन्धमा हाल बिभिन्न मिडियाहरुमा प्रकाशित समाचारहरु प्रति यस बैंकको गम्भिर ध्यानाकर्षण भएको छ । यस बैंकको कुमारीपाटी, ललितपुर शाखाको सुनजाँचकी पदमा कार्यरत कर्मचारीको बैंकको सेवा समाप्त हुने भई बैंकले अर्को सुन जाँचकी खटाई निजहरुका बिचमा बरबुझारथको कार्य हुँदा बिभिन्न सुन कर्जामा कैफियत देखिन गएको र त्यस्ता कैफियत देखिएका कर्जाका सम्वन्धमा तत्कालिन सुन जांचकीले सम्पूर्ण जिम्मेबारी लिंदै बैंक समक्ष निवेदन दिएकोले त्यस बारेमा बैंकले आन्तरिक छानविन समिति गठन गरी छानबिन गर्दा तत्कालीन सुन जांचकी र सुन धितो राखी कर्जा लिने ऋणी समेतको मिलेमतोबाट कैफियत हुनगएको तथ्य छानविन प्रतिवेदनबाट देखिएकोले यस बैंकले तत्कालिन सुन जाँचकी र ऋणीहरुका विरुद्धमा अनुसन्धान तथा तहकीकात गरी बैंकको हानी नोक्सानी गराएको विगो असुलउपर गरी पाउन प्रहरी प्रधान कार्यालय, केन्दि«य अनुसन्धान ब्यूरोमा जाहेरी दरखास्त दिई उक्त ब्यूरोबाट सत्य तथ्यको बारेमा छानविन भई रहेको ब्यहोरा जानकारी गराउछौ । उक्त प्रकरण अनुसन्धानको क्रममा नै रहेकोमा अनुसन्धानलाई प्रभाव पर्न सक्ने गरी बिभिन्न अनलाईन तथा पत्रपत्रिकाहरुमा यस बैंकमा कार्यरत कर्मचारीहरु तथा पूर्ब कर्मचारीहरु समेतका सम्वन्धमा गलत समाचारहरु संम्प्रेशण भई रहेकोमा यस प्रकारको गलत समाचारहरु प्रति दुःख ब्यक्त गर्दै निष्पक्ष अनुसन्धान तथा छानविनको कार्यलाई प्रभाव पर्न सक्ने किसीमका कुनै पनि तथ्य विपरीतका समाचार प्रकाशन र प्रसारण नगरी दिनुहुन अनुरोध गर्दछौ ।
निक्षेकर्ता तथा शेयरधनी महानुभाबहरुको हकहितलाई ध्यानमा राखी बैंकिङ्ग कसुर तथा सजाय सम्बन्धी ऐन २०६४ बमोजिम बैंकले उक्त घटनाको बारेमा केन्दि«य अनुसन्धान ब्यूरोमा जाहेरी दिई छानबिन गर्न अनुरोध गरे बमोजिम नै ब्यूरोबाट छानबिन प्रकृया शुरु गरेको अवस्थामा सर्वसाधारण जनमानसमा नकारात्मक प्रभाव पर्ने गरी भ्रामक समाचारहरु संपे्रषण नगरि दिनुहुन सम्बन्धित सबैलाई महालक्ष्मी विकास बैक लि. हार्दिक अपिल सहीत विनम्र अनुरोध गर्दछ ।












