१८ भदौ २०८३, बिहिबार

बैंक अफ काठमाण्डूको कुशे औंसी र हरितालिका तीज लक्षित नगदफिर्ता योजना



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै आउदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत आफुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगदफिर्ता योजना ल्याएको छ । उक्त योजना अन्र्तगत ग्राहक महानुभावहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गरी बैंकको मोबाईल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५% वा रु.५०० सम्मको नगदफिर्ता पाउन सक्नेछन् ।

ग्राहकहरुले नगदफिर्ता योजनामा सहभागि हुनको लागि अनलाइन अडर पश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाईल बैंकिङ्गको मार्फत क्यूआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत अनलाइन कारोबार गर्नुपर्ने हुन्छ । यस नगदफिर्ता योजना भदौ २० गतेदेखी भदौ २४ गतेसम्म लागू हुनेछ ।

नगदफिर्ता योजनामा सहभागि पश्चात् प्रयोगकर्ताहरुले कारोबार गर्नुभएको मूल्यको २५% वा रु.५०० सम्मको नगदफिर्ता कारोबार गर्नुभएको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ । ग्राहकहरुले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटक सम्म प्रयोग गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।