सेयर बजारमा नकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार बन्द - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सेयर बजारमा नकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार बन्द



काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा ब्यापक पहिरो गएको छ । आइतबार नेप्से ५.०३ प्रतिशतले घट्दा नकारात्मक सर्किट लागेको बन्द भएको छ । साताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा नकारात्मक सर्किट लागेको हो ।

आइतबार १२ बजेर ५९ मिनेट जाँदा सेयर बजार ५.०३ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

अहिले नेप्से परिसूचक १४७.३७ अंकले घटेर २७७९.६८ अंकमा सिमित भएको छ । कुल २१५ कम्पनीको १ करोड ४८ लाख ३१ हजार ७ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १९ करोड ९० लाख ३५ हजार ६ सय ७१ रुपैयाँ बराबरको भएको छ ।


प्रतिक्रिया दिनुहोस्