मनकामना हाइड्रोपावरले २४ लाख कित्ता आइपिओ निष्कासन गर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मनकामना हाइड्रोपावरले २४ लाख कित्ता आइपिओ निष्कासन गर्ने



काठमाडौँ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले २४ लाख कित्ता शेयर निष्कासन गर्ने भएको छ । कम्प निले  २४ करोड रुपैयाँको २४ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्पूर्ण कार्य गर्नको निमित्त निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा बि.ओ.के.क्यापिटल मार्केट लिमिटेड चयन भई मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड तथा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड बिच आइतबार द्विपक्षीय सम्झौता भएको छ । सम्झौता भएसङै हाइड्रोपावरले हाल कायम पुजी ८० करोडको ३० प्रतिशत अर्थात् २४ करोडको २४ लाख कित्ता सर्वसाधारण शेयर निष्कासन गर्ने छ ।

उक्त सम्झौतामा मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर उप्रेती र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन् ।

साथै, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको शेयर रजिस्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरू समेत बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड नै गर्ने भएको छ ।

मनकामना इन्जिनियरिङ हाइड्रोपावर दोलखा स्थित ५ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको कम्पनी हो । २०६७ साल श्रावण ०२ गते स्थापित यस कम्पनीले मिति २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रूपमा विद्युत् उत्पादन गरी सञ्चालनमा आएको हो।


प्रतिक्रिया दिनुहोस्